नयाँ अनुसन्धानको निष्कर्ष: धेरै तातो चिया पिउनेमा क्यान्सरको जोखिम



०४ भदौ २०७६, काठमाडौं

चिया तात्तातै पिउनुपर्छ भन्ने आम धारणा छ। जाडोमा त झन् चुरोटसँग तातो चियाको चुस्की लिनेहरुको संख्या अधिक हुन्छ। तर अब चुरोट र रक्सि खानेहरुले तातो चिया पिउने बानी त्याग्नुपर्ने देखिएको छ।

रक्सि र चुरोट खानेहरुले धेरै तातो चिया पिउँदा अन्ननलीको क्यान्सर हुने खतरा बढ्ने एक अध्ययनले देखाएको छ।

साथीभाइसँग भेट हुँदा होस् वा विहान उठ्नासाथ नै किन नहोस् चिया पिउने कुरालाई दैनिकी नै भन्दा केही फरक पर्दैन।

तर हामी अनबिज्ञ छौँ कि, दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ।

संयुक्त राष्ट्रसंघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानले धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खतरापूर्ण हुने खुलाएको छ।

अनुसन्धानमा तातो चिया पिउने व्यक्तिको खाना नलिमा क्षति पुग्ने बताइएको छ। यो अनुसन्धान ति देशहरुमा गरिएको थियो जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन्।

 

अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पेय पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसकारण खाना नलीमा क्यान्सर हुन सक्ने अनुसन्धानले देखाएको छ।

यस समस्याबाट बच्न अनुसन्धानकर्ता वैज्ञानिकहरुले तातो चिया वा अन्य पेय पदार्थ पिउनु अगाडि पिउन लायक तातो छ की छैन एक पटक जानकारी लिएर मात्र पिउन सल्लाह दिएका हुन्।

यसो गर्नाले खाना नलीलाई कुनै असर हुँदैन र क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताए।

प्रतिक्रिया दिनुहोस्