कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा



०३ असोज २०७६, काठमाडौं

अर्थमन्त्री युवाराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको बताएका छन् ।

उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए ।

बिहीबार भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए ।

उनले उद्योगमा लागनी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्