पन्जाबको केन्द्रीय कारागारबाट छुटे डिल्लीराम



०३ असोज २०७६, काठमाडौं

अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारु छुटेको छन् ।

सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो ।

थारुलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अधिकारीको जिम्मा लगाएको छ ।

डिल्लीरामको रिहाईले भारतको अन्य जेलमा रहेका नेपालीका परिवारलाई पनि सकारात्मक सन्देश प्रवाह हुने भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बताए । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्