स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश उडे



०१ असोज २०७६, काठमाडौं

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्