झाँक्रीले पेटमा प्वाल पारेर गरेको गलत उपचारपछि मृत्यु भएपनि प्रहरीले उजुरी लिन मानेन



०१ असोज २०७६, काठमाडौं

झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।

दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो ।

राजुको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन ।

लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् । यो समाचार कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्