लगातार १२५ घण्टा पढ्ने मुकेशराजको कार्यक्रम ५ असोजबाट



३१ भदौ २०७६, काठमाडौं

१२५ घण्टा लामो समयसम्म पढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका मुकेशराज जोशीले आगामी ५ असोजबाट पढ्ने भएका छन्।

पढ्ने कार्यक्रम गिनिज इभेन्ट्सको आयोजनामा हुने छ। कार्यक्रममा सहआयोजकको भूमिकामा गोल्डेन आइ डान्स सेन्टर रहेन निगिज इभेन्ट्स नेपालका अध्यक्ष तथा मोटिभेसनल स्पिकर सन्तोष लामाले जानकारी दिए ।

१२५ घण्टा लामो किताब पढ्ने दौडानमा जोशीले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताबहरू पढ्ने छन्।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो। उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए ।

मुकेशलाई गिनिज बुक स्वीकृतिसमेत दिइसकेको छ।

सम्बन्धीत समाचारः

मुकेशको गौरवान्वित कामः ११५ घण्टा लगातार पढेर गिनिज बुकमा नाम(भिडियो सहित)

१२५ घण्टा लगातार पढेर विश्व रेकर्ड राख्ने मुकेशको आँट

११५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउँदै मुकेशराज जोशी 

प्रतिक्रिया दिनुहोस्