
३० भदौ २०७६, काठमाडौं
कुनै समय कोलकाताको रेल स्टेशनमा गीत गाउँदै आफ्नो जिन्दगी गुजारिरहेकी रानु मण्डलको चर्चा बलिउड नगरीमा एकाएक कुनै सेलिब्रेटी भन्दा कम भएन ।
केही दिनअघि बलिउड नायक सलमान खानले रानुलाई ५५ लाखको फ्ल्याट उपहार दिएको समाचार निकै भाइरल भएको थियो तर समाचार गलत रहेको स्वयम् रानुले नै खुलासा गरेकी छिन् । उनले एनबीटीलाई दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । रानुले भनिन्, ‘मैले पनि यो समाचार सुनेँ तर मलाई यसमा भरोसा भएन यदि मलाई घर दिएको भए सबैसामू खुलाशा गर्थे ।
रानु मण्डलले हिमेशप्रति भने आभार प्रकट गरेकी छिन् । उनलाई हिमेशले आफ्नो आगामी चलचित्र ह्याप्पी हार्डी एन्ड हिरका लागि गीत गाउने प्रस्ताव गरेका थिए । रानुले उक्त चलचित्रका लागि ‘तेरी मेरी कहानी….’ गीत गाएकी थिईन् । जुन अहिले निकै नै चर्चामा आएको छ ।





