
३० भदौ २०७६, काठमाडौं
रिलिज मिती समेत फाइनल गरी छायाँकनको लागि अन्तिम तयारीमा रहेको चलचित्र ‘इन्साअल्ला’ अब नबन्ने भएको छ ।
चलचित्रमा नायक सलमान खान र नायिका आलिया भट्टको लामो चुम्बन दृश्यका कारण सलमानले चलचित्रबाट हात झिकेको भारतीय मिडियाहरुले जनाएका छन् ।
केही समय अघिदेखि नै सलमानले चलचित्रमा चुम्बनका दृश्य दिन अस्वीकार गरिरहेको समाचारहरु भारतीय मिडियामा छाइरहेका थिए । आइबीटाइम्समा उल्लेख भए अनुसार, चलचित्रमा सलमान र आलियाको थुप्रै चुम्बनको दृश्यहरु समावेश गरिएको थियो । जसलाई अन्तिम समयमा सलमाने फिल्म छाड्नुको एक कारण मानिएको छ ।
बलिउड निर्देशक संजय लिला भन्सालीले अब चलचित्रमा सलमानको बिकल्प खोज्लान वा खोज्दैनन त्यसबारे केही खुलाएका छैनन् ।





