सुत्नुभन्दा अघि पैतालाको मालिश गर्नाले स्वास्थ्यमा हुनेछ फाईदै–फाईदा



३० भदौ २०७६, काठमाडौं

अधिकांश मानिस अनुहारको स्याहार गर्नेतिर लाग्छन्। तर गोडालाई भने त्यत्ति वास्ता गर्दैनन्।

हरेक काम गोडाको सहारामा गर्छौ, उभिन्छौं। ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ।

हाम्रा पाइतालामा शरिरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन्। यी विन्दुमा राती मालिश गर्दा शरिरलाई धेरै फाईदाजनक हुन्छन।

राती सुत्नअघि गोडालाई मालिश गर्दा हुने फाईदाहरुः

रक्तचाप नियन्त्रणः

चिकित्सकहरुका अनुसार, उच्च रक्तचापका समस्या भएका मानिसहरुको लागि मालिश ‘वरदान’ नै हो।

राती सुत्नुअघि अनिबार्य नरिवल वा बदामको तेलले पाइतालाको मालिश गर्नुहोस्।

तौल घटाउन:

पछिल्लो समय मोटोपन मानिसहरुको ‘शत्रु’ बनेर आएको छ। जुन मोटोपनका कारण मानिसको तनाव उत्पन्न भईरहेको छ।

अध्ययनका अनुसार, राती सुत्नअघि पाइतालमा मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ।

सम्भोगमा सहयोगीः

पाइतालमा मालिश गर्दा तपाईंको सेक्स लाइफ पनि गजबको हुन्छ।

कम तनावः

दिनभरि कामको बोझ, थकान र तनावका कारण मानिसमा तनाव आउनु स्वाभाविकै हो।

जुन समस्याबाट बच्नका लागि पैतालामा मालिश गर्नुहोस्। तब शरिरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ।

मेटाबोलिजम

सुत्नुअघि पाइतालामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरिरकोे मेटाबोलिजम ठीक रहन्छ।

प्रतिक्रिया दिनुहोस्