डेङ्गुबारे सन्त्रास होइन सचेत हुन सुझाव



३० भदौ २०७६, काठमाडौं

डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेङ्गुबारे सन्त्रास होइन, सचेत हुनुपर्ने र त्यसको सुरुआत घरघरबाटै हुनुपर्ने सुझाव दिए । उनले डेङ्गुबारे जति चर्चा हुनुपर्ने हो, त्योभन्दा बढी भएको बताए ।

अस्पतालमा दैनिक ज्वरो आएर आउने बिरामीमध्ये ३० देखि ४० प्रतिशतमा डेङ्गु पोजेटिभ देखिएको जानकारी दिँदै उनले तर यो डेङ्गु प्राथमिक चरणको भएकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । द्वितीय चरणमा भएको डेङ्गु भएमा आत्तिनुपर्ने भन्दै उनले अर्को दुई वर्षमा भने द्वितीय चरणको डेङ्गु हुने हुँदा अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्