बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने पुस्तक



३० भदौ २०७६, काठमाडौं

सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले ।

२२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म प¥यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने ।बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् ।

उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन । तर हाइन्सको पुस्तकले सबै बदलियो ।

हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधास्वामी सत्संग ब्यासका लागि लेखेका थिए । शाहिद अन्ततः राधास्वामीको भक्त बने । तर, रोचक आज हाइन्स आफैँ राधास्वामीको मार्गमा छैनन् ।

आजको नयाँपत्रिका दैनिकमा खबर छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्