अण्डाको पहेँलो भाग भन्दा सेतो भाग फाईदाजनक मानिन्छ किन?



२९ भदौ २०७६, काठमाडौं

अण्डाको सेतो र पहेँलो भागमा भरपूर मात्रामा प्रोटिन पाईन्छ।

प्रायः सबै मानिसको सोच हुन्छः अन्डाको सेतोभन्दा पहेँलो भाग खानु स्वास्थ्यको लागि फाईदाजनक हुन्छ।

तर, यो सोचाइ गलत हो। बरु पहेँलोको भागमा सेतो भागमा मात्रै खानु स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ।

अण्डाको सेतो भाग मात्रै खानुको यस्ता हुन्छन् फाईदाः

शून्य कोलेस्ट्रोलः

अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन।

एउटा अन्डामा हुने १सय ८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ। तपार्ईँ मधुमेह रोगी हुनुहुन्छ भने सेतो भाग मात्रै खानुहोस्।

अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ। त्यसैले ब्रेकफास्टका लागि सेतो भाग राम्रो पनि मानिन्छ।

एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ। जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ।

तर, तपाईँ तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन। बोसोरहित अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ। यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ।

उचित खनिज अन्डाको सेतो भागमा खनिजको मात्रा भरपूर हुन्छ।

अण्डाको सेतो भागमा पोटासियम, सेलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा पाईने चिकित्सकहरुको भनाई छ।

त्यस्तै, अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै स्वस्थ शरिर बनाउँछ।

फ्रिजमा राखेको अन्डा खादा स्वास्थ्यलाई असरः

प्रायः जसो हामी खानेकुरालाई ताजा राख्नाका लागि फ्रिजको प्रयोग गर्ने गर्छाै।

तर जुन कुरा हामी आफैलाई थाहा छैन कि फ्रिजमा राखेको खानेकुराहरुले कही न कही हाम्रो स्वास्थ्यलाई नराम्रो असर पुर्याेईरहेको हुन्छ।

त्यस्तै अन्डा पनि फ्रिजमा राख्छौं। तर, अन्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन।

फ्रिजमा अन्डा स्टोरेज गर्दा फाइदा होइन, नोक्सानी हुन्छ।

ब्याक्टेरियाको खतराः

फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना भएकाले स्वास्थ्यको लागि निकै हानीकारक मानिन्छ।

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई फेरि सामान्य तापक्रममा राख्दा कन्डेनसेसन ग्यासबाट लिक्वीड बन्ने प्रक्रिया बढ्न थाल्छ।

कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न सक्छ। यसबाट अण्डाभित्र ब्याक्टेरिया पैदा हुन्छन्।

जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ।

तापक्रमः

अण्डालाई फ्रिजमा राख्दा यसभित्रको तापमानमा पनि उतारचढाव आउँछ। यदि तपाईँ अण्डाको प्रयोग बेकिङ प्रोडक्ट बनाउनका लागि हो भने त्यसलाई फ्रिजमा नराख्नु नै उचित हुन्छ।

किनकी बनाउने बेला यसमा निकै समस्या पर्छ।

जस्तैः स्वादमा भिन्नताः यदि तपाईं फ्रिजमा अन्डा राख्नुहुन्छ र पछि त्यसको प्रयोग गर्नुहुन्छ भने त्यसलाई फिट्न अपेक्षाकृत मुस्किल हुन्छ।

जसले गर्दा रंग र स्वादमा फरक हुन्छ। यसले तपाईंको स्वास्थ्यलाई फाइदा होइन, नोक्सानी पुर्याउँछ।

 

प्रतिक्रिया दिनुहोस्