
२९ भदौ २०७६, काठमाडौं
स्वयंसेवी रक्तदाताहरूको गोरखा जिल्ला भेला केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा सम्पन्न भएको छ। भेलाले रामबहादुर खड्काको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला कार्यसमिति समेत गठन गरेको हो।
नयाँ कार्यसमितिमा सुरेन लामिछाने उपाध्यक्ष, ज्ञानेन्द्र पोखरेल सचिव र कोषाध्यक्षमा बिमला थापा चुनिएका छन्। त्यसैगरी सदस्यहरूमा क्रमशः झपड बहादुर थापा,ईश्वर बस्नेत, भिम ९राजन० प्रसाद काप्री,समिक्षा थापा,भोला भुजेल,रामशरण पोखरेल,कृष्णबहादुर खनाल,दीपक अधिकारी र श्यमकुमार श्रेष्ठ रहेका छन्।
सो भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्यहरूलाई स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजको लोगो अंकित व्याज पहराई सम्मान तथा स्वागत गरेका थिए।
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखा समेत गरि २७ जिल्लामा बिस्तार भएको छ।





