असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने



२७ भदौ २०७६, काठमाडौं

हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए ।

दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्