
२६ भदौ २०७६, काठमाडौं
प्रदेश नं २ मा डेङ्गुको संक्रमणबाट एकको ज्यान गएको छ ७३ जना संक्रमित भएका छन्।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको संक्रमणबाट ज्यान गएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जानकारी दिए।
प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु संक्रमण भेटिएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।
प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ। त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा ७/७ महोत्तरीमा ३ र धनुषामा एक जनामा डेङ्गु संक्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए।
डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि पूmल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले सेझाव दिएका छन्।
त्यस्तै, घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ।





