विकल्प छँदै करारमा कर्मचारी, ४१८ ले नियुक्ती लिँदै



२६ भदौ २०७६, काठमाडौं

स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ ।

मासिक तलब/भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक नियुक्त गर्न लागेको हो ।

मन्त्रालयसँग संघमा रहेका फाजिल कर्मचारीलाई कार्यक्रम व्यवस्थापकका रुपमा परिचालन गर्ने वा स्थानीय तहबाटै त्यसको सञ्चालन गर्ने विकल्प थियो ।

संघीय सरकारअन्तर्गत ४ हजारभन्दा बढी कर्मचारी कामविहीन छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्