कालिका मिडियाको गौरवमय १७ औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक



२५ भदौ २०७६, चितवन

कालिका मिडियाले आफ्नो गौरवमय १७ औँ बार्षिकोत्सवका कार्यक्रम आज सार्वजनिक गरेको छ ।

कालिका मिडियाको परिसरमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा विगतका कार्यक्रमलाई निरन्तरता दिदै, केहि नयाँ कार्यक्रम समेत गर्न लागिएको जानकारी गराईएको छ ।

महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सुचनाहरु प्रसारण गर्दै आई रहेको कालिका मिडियाले आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले जानकारी दिएका छन् ।

पुर्वमन्त्री समेत रहेका पाण्डेले मोफसलबाट नै राष्ट्रिय स्तरको मिडिया सञ्चालन गर्न सकिने बलियो उदाहरणका रुपमा कालिका मिडिया रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्