एटिएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र



२५ भदौ २०७६, काठमाडौं

दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ ।

सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेरका कमी–कमजोरी पत्ता लगाउनु थियो ।

यसअघि भएका कमी कमजोरी पत्ता लगाई आमामी दिनमा हुन सक्ने सम्भावित आक्रमणबाट बच्न सुझाव दिन आएको चार सदस्यीय टोली सोमबार सिंगापुर फर्किएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यो समाचार आजको नागरिक दैनिकमा जिपी भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्