जानकार हुनुहोस्: गर्मीमा स्वस्थ रहने यी उपायको बारेमा



२३ भदौ २०७६, काठमाडौं

पछिल्लो समय देशभर परिवर्तित मौसमसँगै अत्यधिक रुपमा गर्मी बढ्न थालेको छ।

अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणका कारण गर्मीयाममा अनेकौं स्वास्थ्य समस्यहरु देखा पर्दछन्।

गर्मी बढेसँगै विशेषगरी छालासँग सम्बन्धित विभिन्न समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या उत्पन्न हुन थालेका चिकित्सकहरुको भनाई छ।

मानिसमा यी सबै स्वास्थ्य समस्यहरु आउनुको मूख्य कारण नै अस्वस्थ्यकर खानपान हो।

जुन स्वास्थ्य समस्यबाट बच्नका लागि यी कुराहरुमा सावधान रहनुहोस्:

जंक फुडः

जंक फुड प्रायः सबै मौसममा हानिकारक नै हुन्छ।

गर्मीमा जंक फुड त टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता मौसमी सरुवा रोगको प्रमुख कारण रहेको चिकित्सकहरुको भनाई छ।

स्वस्थकर खानपानः

सिजनेवल सागसब्जी, प्रशस्त फलफूल र झोलिलो खानेकुरा खाना चिकित्सहरु सल्लाह दिन्छन्।

चुरोट र मदिरा सेवनकर्ताको ज्यान गर्मीमा झनै जोखिममा हुन्छ।

हाइड्रेसन मेन्टेन अनिवार्यः

उमालेर सेलाएको शुद्ध पानी पर्याप्ता मात्रामा पिउनुहोस्।

कोल्ड ड्रिक्सबाट टाढै रहनुहोस्। यसले शरिरमा झनै डिहाइड्रेसन गराउँछ।

लस्सी, मही तथा सन्तुलित सर्वत पानी पिउनु पनि उपयोगी हुन्छ तर स्वास्थ्यकर हुनुपर्याे।

घर तथा वातावरणीय सरसफाइ:

अहिले देशैभरि डेंगु ज्वरोको प्रकोप बढेको अवस्था छ। त्यसैले घर वरिपरि सफा राख्नुहोस्।

लामखुट्टे र सर्पको टोकाइबाट बच्न लागि वातावरण नै सफाइ गर्नुपर्छ।

डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ। साथै घरभित्र पानी जम्न नदिन चिकित्सकहरुको सुझाव रहेको छ।

स्किन केयर:

उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिरतिर हिँडडुल गर्दा पनि सन ग्लासको प्रयोग गर्नुहोस्।

चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्