
२३ भदौ २०७६, काठमाडौं
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सहित उनका दुई छोरीलाई डेंगुको संक्रमण देखिएको छ। उनीहरुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको हो।
उनीहरुको डेंगुको संक्रमण देखिएपश्चात ३ दिनदेखि उपचार चलिरहेको अस्पताल स्रोतले जानकारी दिए।
नेपालमा गत ३महिना अघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भएको पृष्टि भइसकेको छ।





