
२३ भदौ २०७६, काठमाडौं
पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छिन् ।
आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएकी यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको उनका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिएका छन् ।
पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा यमीको स्कुटरलाई अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर दुर्घटना गराएको समेत पोखरलले जानकारी गराए ।
२४ घण्टा डाक्टरको निगरानीमा रहेका यमीको स्वास्थ्य अवस्था सामान्य रहको र उनी अहिले डिस्चार्जको तरखरमा रहेको समेत उनले बताए ।