
२२ भदौ २०७६, काठमाडौं
मौसम परिवर्तनको प्रभाव सबैभन्दा पहिले छालामा देखिन्छ।
जाडो महिनाको सुरुवातसँगै छालामा विभिन्न समस्याहरु उत्पन्न हुन थाल्छन्।
विज्ञहरुका अनुसार ‘जाडो महिना छालाको शत्रु नै हो।’
त्यसैले यो समयमा छालाको निकै नै हेरचाह गर्न आवश्यक हुन्छ।
जान्नुहोस्ः सुक्ख छालाको हेरचाह गर्ने तरिकाः
–नरम अर्थात स्वस्थ छाला बनाउनका लागि प्रशस्ता मात्रामा पानीको सेवन गर्ने आवश्यक हुन्छ।
चिकित्सकहरुका अनुसार, हरियो सागपात, गाँजर, मुला र मौसमी फलफूल पनि खानुपर्छ।
–आफ्नो फेसमा सुक्खपन बढ्न नदिन बिहान उठ्नेबित्तिकै नियमित फेसवास गर्नुहोस्।
आफ्नो छालाको प्रकृतिअनुसार फेसवास क्रिम प्रयोग गर्नुपर्छ। ओयली फेसमा आयल कन्ट्रोल फेसवास तथा फेस स्कर्ब पनि प्रयोग गर्नु राम्रो यस्तो छालाको लागि राम्रो मानिन्छ।
–हातगोडालाई सुक्खा हुनबाट बचाउन मन–तातो पानीले सफा गरेर मोस्चराइजर वा लोसन लगाउन लगाउनुहोस्।
–बिहान घरबाहिर निस्कनुपर्ने भए सनब्लक क्रिम लगाउनुपर्छ । सनब्लक क्रिमले घाम तथा धुवाँधुलोको रापबाट छाला जोगाउँछ ।
–ओठ फुट्ने समस्या छ भने लिपगार्ड, लिपबाम तथा लिपजेल लगाउनुहोस्।
–चिसोका कारण अनुहारको छाला फुस्रो र सेतो दागजस्तो देखिन्छ भने दिनमा २–३ पटक मोस्चराइजर प्रयोग गर्नुहोस्।