सावधानः यसकारण हुन्छ बाझोपन



२२ भदौ २०७६, काठमाडौं

श्रीमान–श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने जसलाई साधारण भाषामा बाँझोपन भनिन्छ।

अध्ययनका अनुसार बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या पनि हो।

एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरूषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ।

पछिल्लो समय बाझोपन बढ्दो उमेरसँगै लाग्ने रोगहरु युवा अवस्थामा लाग्न थालेको छ।

ती मध्ये एउटा सामुहिक समस्याहरु युवाहरुमा बढ्दो बाँझोपन। वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ।

जान्नुहोस्ः ति गल्तीहरु

गलत खानपान:

बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै गलत खानपान मान्न सकिन्छ।

 

चिकित्सकहरुका अनुसार, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको छ।

फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाइडले शरिरमा हार्मोनको सन्तुलनलाई बिगार्छ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ।

व्यायाम नगर्नु:

आ–आफ्नो कामको व्यस्तताका कारण युवाहरुमा व्यायमका लागि समय निकाल्न निकै ठुलो समस्य बन्दै गईरहेको छ।

युवाहरुका लागि सन्तान जन्माउनु भन्दा पनि महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सेवा सुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेको छ।

अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ। अफिसमा धेरै समयसम्म काम गरेपछि घर आउँदा श्रीमान–श्रीमती नै थकित भर्यसकेको हुन्छ।

जुन अवस्थामा दुवैलाई शारीरिक सम्पर्क राख्ने चाहना समेत हुँदैन। यदि कामसँग–संगै शारीरिक व्यायामलाई समेत निरन्तरता दिने हो भने बाँझोपनबाट बच्न सकिन्छ ।

तनाव:

आधुनिक जीवनशैलीमा करिव–करिव हरेक व्यक्ति तनावबाट ग्रस्त हुन्छन्।

कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ इत्यादि यस्ता समस्याहरु हुन्छन्।

यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन्। यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका चिकित्सकहरुको भनाई छ।

उमेर धेरै भईसकेपछिको विवाह:

प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन्।

विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा–राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै समय नै हुँदैन अर्थात त्यसबारेमा सोच्न धेरै समय लगाउँछन्।

महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन्।

चिकित्सकहरुका अनुसार उमेर छिप्पिएपछि विवाह गर्नाले महिलाहरुको डिम्बको गुणस्तरमा प्रभाव पर्छ। यही कारणले उनीहरुमा बाँझोपनको सम्भावना समेत बढेर जान्छ।

निद्रा पुरा नहुनु:

निद्रा पुरा नहुने कारण पनि युवाहरुमा बाँझोपनको समस्या बढिरहेको छ ।

कामको बोझ र राती ढिलोसम्म पार्टी गर्ने कारणले युवा–युवतीहरु पर्याप्त निद्रा र्पुयाउन पाउँदैनन्, जसका कारण हार्मोनमा असन्तुलन हुन्छ र बाँझोपनको समस्या बढ्न जान्छ।

थुप्रै वटा अनुसन्धानहरुले पनि के कुरा पत्ता लगाएको छ भने निद्रा पुरा नहुने कारण हार्मोनको सन्तुलन बिग्रन्छ र बाँझोपनको समस्या देखिन्छ ।

त्यसैले नियमित रुपमा कम्तिमा ७–९ घण्टा सुत्नु अनिवार्य छ।

चुरोट र रक्सीः

नयाँ पुस्ताका युवाहरुमा रक्सी, चुरोट, कोकिन इत्यादिको प्रयोग निकै सामान्य झैं भईसकेको छ।

यी सबै नशालु पदार्थहरुको प्रयोगका कारणले युवा–युवती दुवैमा बाँझोपनको समस्या देखिन थाल्छ।

एकातिर जहाँ धुम्रपान गर्नाले बिर्यको उत्पादनमै कमि आउँछ भने अर्काेतिर रक्सीको सेवनले टेस्टोस्टेरोन हार्मोनको उत्पादनमा पनि कमि आउँने चिकित्सकहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्