सरकारले भन्यो, मुटुमाथि झन्डा लिएर आऊ



२२ भदौ २०७६, काठमाडौं

संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोशाकमा भण्डासहित ¥यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दिपावली गर्न समेत भनेको छ ।

मुलुकमा लोकतन्त्र स्थापनापछि पहिलोपटक सरकारले सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’ जारी गरेको हो । दिवसका दिन प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजना हुने समारोहस्थलमा सहभागी हुन सरकारले निर्देशन जारी गरेको छ ।

त्यसका लागि गृह मन्त्रालयले राष्ट्रिय झन्डा अंकित टिसर्टका ४ नमुना तयार गरेको छ । सबैलाई राष्ट्रिय झन्डा अंकित टिसर्टमा उपस्थित हुन भनेको छ । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्