जयनगर–जनकपुर रेलः सञ्चालनमा बाढी तगारो



२२ भदौ २०७६, काठमाडौं

निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो ।

पछिल्लो समय सरकारले उच्च प्राथमिकता दिएर जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लिक बिछ्याउने काम सेकेको थियो । रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बाढीले लिकमा क्षति पुर्याएका कारण तत्काल सेवा सञ्चालन नहुने जानकारी दिए ।

रेल चलाउन विभागले ८५ करोड रुपैयाँमा दुई आधुनिक रेल खरिद गर्दैछ । भारतको कोणर्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरी आगामी कार्तिकबाट रेल चलाउने लक्ष्य सरकारको छ । यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्