डेङ्गु रोगः लक्षण र बच्ने उपायको बारेमा जान्नुहोस्



२१ भदौ २०७६, काठमाडौं

केही वर्षअघिसम्म नेपालमा हामीले डेङ्गुको बारेमा नत सुनेका थियौं, नत पढेका थियौं।

तर आजसम्म आईपुग्दा यो झन्डै महामारीको अवस्थामा देखिन थालेको छ।

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो।

डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ।

अहिले देशका विभिन्न जिल्लामा यो रोग देखिरहेको छ। कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ।

जुन लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। वर्षात्को समयमा शुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्छ।

डेङ्गु ज्वरोका लक्षणः

–अत्याधिक टाउको दुख्ने,

–ज्वरो आउने,

–आँखाको गेडी दुख्ने,

–शरिरमा डाबरहरु आउने,

–पेट तथा आन्द्रामा गडबडी हुने,

–जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने,

प्रायः बिरामीहरुको ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।

यसरी बच्नुहोस्:

यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो।

–लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नुहोस्।

–पुरै शरिर ढाकिने गरी कपडा लगाउनुहोस्।

–राती र दिउँसो पनि झुलभित्र सुत्नुहोस्।

–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्नुहोस्।

–घर वर–पर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनुहोस्।

प्रतिक्रिया दिनुहोस्