
१७ भदौ २०७६, काठमाडौं
भिन्न–भिन्नै जीवनशैलीसँगैै पछिल्लो समय हरेक मानिस अनेकौं रोगबाट संक्रमित भइरहेका छन्।
जसमध्ये एक प्रमुख रोग हो–न्युमोनिया
सावधान: यस्ता महिला ब्रत नबस्नुहोस्
जसमा पनि नेपाली समाजमा हुर्केका मानिसहरु आफ्नै लाहपर्वाहीका कारण कैयौं रोगबाट पिल्सिरहेका हुन्छन्।
हरेक वर्ष विश्वमा १६ लाख भन्दा वढी बालबालिकाहरुको मृत्यु हुने गरेको तथ्याङ्क छ भने नेपालमा न्युमोनियाका कारण बर्षेनी पाँच हजार ६ सय बालबालिकाको मृत्यु हुने गरेको छ।
अरु रोगको तुलनामा न्युमोनियाको संक्रमणबाट बढी बिरामीको मृत्यु हुने गरेको सरकारी तथ्यांकहरुले देखाउँछन्।

अझ, कतिपय: व्यक्तिलाई त न्युमोनिया के हो भनेर जानकारी नभएर अन्यौलमा परिरहेका हुन्छन्।
यदि तपाई न्युमोनियबाट पीडित हुनुहुन्छ भने, तपाईहरुकै लागि भनेर यो रिपोर्ट तयार गरेका छौं।
यसकारण खानुहोस् काक्रोः जसले छालालाई चाउरिनबाट जोगाउनका साथै गर्छ क्यान्सरको निदान
काठमाडौं बौद्धस्थित स्तुपा कम्युनिटी अस्पतालका फिजिसियन डा.सौरभ हमालसँग गरिएको यो कुराकानीः
न्युमोनिया भनेको के हो?
न्युमोनिय भन्नाले (Pneumonia) विभिन्न प्रकारका जीवाणुहरुको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो।
जुन रुघाखोकी विग्रेर हुने रोग हो।

न्युमोनिया कुन उमेर समूहका मानिसलाई बढी हुन्छ?
न्युमोनियाले प्रायः जो–कसैलाई पनि असर गर्दछ। जसमा पनि सबै भन्दा बढी ५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकमा बढी मात्रामा देखिन्छ।
खानुहोस् बदामः जसले छालालाई आकर्षक बनाउनुका साथै गर्छ क्यान्सरको निदान
किनभने उनीहरुमा रोगसँग लड्ने क्षमता (इम्यून पावर) कम हुन्छ।
पूरा मात्रामा खोप लगाउने, पोषणयुक्त खानेकुरा खाने र जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराए बालबालिकालाई न्युमोनियाबाट बचाउन सकिन्छ।
स्तनपान गराउने आमाले जान्नैपर्ने यी ज्ञानवर्द्धक कुराहरु
अनि न्युमोनियाको कस्ता–कस्ता लक्षणहरु देखिन्छ?
सबै रोगहरुको प्रायः लक्षणहरु एउटै हुन्छन्। तर पनि विशेष रुपमा यी लक्षणहरु देखिन्छ।

–सास फेर्न गाह्रो हुने।
–खोकी लाग्ने।
–स–साना बालबालिकाहरू र वृद्धवृद्धालाई भने ज्वरो नभई भोक कम लाग्नु र वजन घट्दै जाने।
–चाँडो–चाँडो श्वास फेर्ने।
–छाती दुख्ने।
यी हुन्ः कब्जियतबाट बच्न विज्ञहरुको सुझाव
–कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
न्युमोनिया के कारणले हुन्छ?
न्युमोनिया मुख्य रूपमा ब्याक्टेरिया र भाइरस तथा बिभिन्न प्रकारका ढुसी र परजीविको कारणले हुने गर्दछ।
न्युमोनिया कसरी सर्छ?

स्वासप्रस्वासको माध्यमबाट खोक्दा वा हाछ्यूँ गर्दा न्युमोनियाका किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।
त्यस्तै न्युमोनिया जोखिमका अरू कारणहरूमा वायु प्रदूषण, धुम्रपान, मद्यपान पनि हुन्।
न्युमानिया रोगबाट कसरी जोगिने?
जब बच्चा जन्मिसकेपछि बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने,
बिना मेकअप सुन्दर तथा आर्कषक देखिनका लागि यी तरिका जान्नुहोस्
सधैँ सफा,सुग्घर बस्ने,
जताततै फोहोरै–फोहोर भएकाले आफ्नो हात नधोई बच्चालाई नसमात्ने,
किनभने यस्तो बानीले गर्दा हाम्रो हातमा भएको किटाणु बच्चालाई पनि सर्न सक्ने सम्भावना हुन्छ।
खानपानमा निकै ध्यान पुर्याउने,
न्युमोनियाको संकेत देख्नेबित्तिकै नजिकैको अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर जचाइहाल्ने

न्युमोनियाको उपचार विधि?
बिरामीको अवस्थाअनुसार उपचार पद्धति पनि फरक–फरक हुन्छ।
न्युमोनियाबाट बच्नको लागि खोपको पनि विकास गरिएको छ। निमोकोकल र इन्फ्लुएन्जा खोपले यी दुई किटाणुबाट हुने न्युमोनियाबाट बचाउन मद्दत गर्दछ।
थाहा पाउनुहोस्ः गर्भमा रहेको शिशुले गर्छन् यी कार्य
बिशेषगरी स–साना बच्चाहरू तथा वृद्धवृद्धाले यी खोप लिनु आवश्यक छ।
ब्याक्टेरियल नेमोनियामा एन्टीबायोटिकको प्रयोग सकेसम्म छिट्टो गर्नु सबैभन्दा जरूरी हुन्छ। तर, एन्टीबायोटिकको प्रयोग गर्दा संक्रमणका सम्भावित किटाणुलाई ध्यानमा राख्नु झन् जरूरी हुन्छ ।
गलत एन्टीबायोटिकको प्रयोगले न्युमोनिया जटिलता आउने मात्र नभई विभिन्न एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूको विकास हुन मद्दत गर्दछ।

सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीबाट खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ।
मुख र छालाको सरसफाइमा पनि ध्यान दिनु आवश्यक हुन्छ।
त्यस्तै, पर्याप्त पानी पिउने र ज्वरो छातीको दुखाईका लागि औषधि लिनुपर्दछ।





