यसकारण शिशुले गर्भमा लात्ती हान्छ



१६ भदौ २०७६, काठमाडौं

आमाको गर्भमा शिशु हुर्कदै गर्दा अनेक किसिमका क्रियाकलापहरु भने गरिरहेका नै हुन्छन्।

तर…

जुन कुराको अनुभव आमाहरुले मात्रै गरेका हुन्छन्।

यदि गर्भवती महिलाको पेटमा हात राख्ने हो भने वा हेर्ने हो भने पनि गर्भवती बाहेकका व्यक्तिले पनि यो कुरा थाहा पाउँन सकिन्छ।

बच्चाले लात्तीले हानेको अनुभव गर्भवतीका साथै सम्पूर्ण परिवारको लागि विशेष हुन्छ।

लात्तीले हिर्काएको अनुभव लिएर सबैले आनन्दको अनुभव त गर्छन्।

तर किन शिशुले गर्भमा रहँदा लात्तीले हान्छन् भन्ने सायद कम व्यक्तिलाई मात्र थाहा हुन सक्छ।

यदि तपाईलाई पनि गर्भमा रहेको शिशुले किन लात्तीले हान्छ?

जुन कुरामा अन्यौलमा हुनुहुन्छ भने यी जानकारी एक चोटि पढ्नुहोस्ः

स्वस्थ बच्चाः

१३ देखि २८ हप्ताको बीचमा गर्भवतीको पेट बढेको देखिने र त्यही अवधिमा पेटमा बच्चा चलेको थाहा पाउन सकिन्छ।

पहिलो पटक गर्भवती भएका महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशुको चाल थाहा पाउँछन्।

कसै–कसैलाई गर्भवती भएको ९ हप्तामै पनि बच्चा चलेको महसुस गर्दछन्।

यदि गर्भमा रहेको शिशुले पेटमा लात्तीले हान्छ।

त्यस्तै किसिमको कुनै गतिविधि गर्छ भने जसको अर्थ हो– शिशु स्वस्थ छ भन्ने बुझ्नु पर्छ।

बाहिरी परिवर्तन महसुुस हुँदा:

गर्भमा रहेको शिशुले जब बाहिरी परिवर्तनलाई महसुस गर्न थाल्छ, तब उसले पनि प्रतिक्रिया जनाउँन थाल्छ।

जसका कारण ऊ चलमलाउँछ र पेटमा लात्तीले हानेको महशुष हुन्छ।

सही पोषण र भरपुर ताकत पाउँदा

गर्भवती महिलाले जब केही खान्छिन्।

तब शिशुले अलि बढी नै लात्तीले हानेका महशुष हुन्छ।

वास्तवमा आमाले खाएको खानाले बच्चालाई ताकत र पोषण तत्व प्राप्त हुन्छ र गर्भमा रहेको शिश चलमलाउँने चिकित्सकहरुको भनाई छ।

अक्सिजन रोकावट नहुँदा:

शिशुले गर्भमा सही तरिकाले अक्सिजन प्राप्त गरेको खण्डमा ऊ स्वस्थ र सक्रिय हुन्छ।

यदि गर्भमा रहेको शिशुले लात्तीले हान्ने अथवा अन्य चलमलाउने गर्दैन भने उसलाई अक्सिजन लिन गाह्रो भएको छ।

त्यस्तै, पर्याप्त अक्सिजन पुगेको छैन भन्ने बुझ्नु पर्छ।

यदि गर्भमा शिशु चलेको महसुस हुँदैन भने तुरुन्त चिकित्सककहाँ जानु पर्छ।

प्रतिक्रिया दिनुहोस्