सावधान: यस्ता महिला ब्रत नबस्नुहोस्



१५ भदौ २०७६, काठमाडौं

हिन्दुहरूका धार्मिक तथा सांस्कृतिक विशिष्ट चाडपर्वहरू मध्येको नेपाली महिलाहरूका लागि अति नै महत्त्वपूर्ण पर्व “हरितालिका तीज” यतिखेर हर्षोल्लासका साथ सर्वत्र मनाउन थालिएको छ।

यो पर्वलाई श्रीमान–श्रीमतीको सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्वको रुपमा पनि लिईन्छ।

श्रीमतीले श्रीमानको दिर्घायुको लागि व्रत बस्ने र पूजाआजा गर्ने यो पर्वको विशेषता हो।

यो पर्वमा विवाह नभएकाले राम्रो श्रीमान पाउँ भनेर माग्दा त्यो माग भगवान शिवजीले पूरा गरिदिने विश्वास पनि हुन्छ।

स्वस्थ मानिस ब्रत बस्नु भनेको स्वास्थ्यका दृष्टिकोणले हेर्दाे फाइदाजनक पनि मानिन्छ।

तर..

कस्ता महिला ब्रत बस्न हुँदैन भन्ने बारेमा कतिपयः महिलाहरु अन्यौनमा नै छन्।

ब्रत बस्दा खेरि आफ्नो शारीरिक अवस्था बुझेर मात्रै बस्नु राम्रो मानिन्छ।

लामो समयदेखि औषधि सेवन गर्दै आएका शारीरिक रूपमा अशक्त र कमजोर महिलाले ब्रस्त बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नहुने चिकित्सकहरुको भनाई छ।

प्रायः जसो दीर्घरोग भएका महिलाले ब्रत बस्दा पहिलाको रोग पुनः बल्झ्न सक्ने सम्भावना धेरै हुन्छ।

चिकित्सकहरुका अनुसार, न्यून रक्तचापका बिरामी महिला, मुटुसम्बन्धी समस्या भएका महिला र मृगौलासम्बन्धी समस्या भएका महिलाले पनि ब्रत बस्नु हुँदैन।

किनभने यस्तो समस्या भएका महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्रत बस्दा स्वास्थ्य अवस्था झन् बिग्रन सक्ने सम्भावना हुन्छ।

यस्ता प्रकृतिका समस्या भएका महिला ब्रत बसे रिंगटा लाग्ने, कमजोरी महसुस हुने, शरिर थाक्ने, मांसपेशी दुख्ने लगायतका समस्या निम्तिन सक्छन्।

रोग प्रतिरोधक क्षमता कमजोर भएका महिलालाई स्वस्थ माहिलाका तुलनामा बढी भिटामिन र खनिज तत्व आवश्यक हुन्छ।

सामान्य मानिसमा पनि पोषक तत्व पूर्ति नभए कमजोरीपन महसुस हुने हुँदा दीर्घरोगी महिला खाली पेटमा नाच्दा शारीरिक श्रमका कारण बेहोस हुने संभावना बढी रहन्छ।

ब्रत बसे पनि निराहार ब्रत बस्नु धेरैका राम्रो नहुने भएकाले ब्रत बसेकै समयमा फलफूल र पानी खाने गर्नुपर्छ।

रोगी महिला मात्रै नभएर निरोगी महिलाले पनि तीजको ब्रत बस्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ।

ब्रतको अघिल्लो दिन टन्न दर खाने र अर्को दिन निराहार ब्रत बस्नाले पनि स्वास्थ्यमा समस्या उत्पन हुन्छ।

चिकित्सकहरुका अनुसार, बजारमा पाइने बोलतको पेयपदार्थमा चिनीको मात्रा बढी हुने भएकाले सकेसम्म फलफूलको जुस पिउने गर्नुपर्छ।

जुसमा शरिरलाई चाहिने पोषण पाइने भएकाले बजारी पेयपदार्थ विस्थापन गरेर जुसमा जोड दिनुपर्छ।

अघिल्लो दिन चिल्लो तथा बढी र भोलिपल्ट भोकै हुँदा स्वास्थ्यलाई नकरात्मक असर पार्दछ।

अत्यधिक चिल्लो खानेकुराले शरिरमा एसिडिटी बढाउने मात्र नभएर माटोपनको समस्या पनि निम्त्याउँछ।

चिल्लो पदार्थले पाचनप्रणालीमा पनि असर गर्छ।

जसले खाना अपच हुने, पेटमा भएका राम्रा ब्याक्टेरियाको सन्तुलन बिगार्नेदेखि फुडप्वाइजनसम्मका समस्या निम्त्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्