१७ वटा शसस्त्र प्रहरीको बिओपी थप



११ भदौ २०७६, काठमाडौं

प्रदेश १ सरकारले सिमाक्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन १७ वटा शसस्त्र प्रहरीको बिओपी थप गरि ३३ पुर्याएको छ । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सिमा क्षेत्रमा हुने तस्करी र लागुपदार्थको ओसार पसार रोक्न सिमा सुरक्षा पोष्टहरु थप गरिएको बताउनु भएको हो ।

मोरङको रतुवामाई नगरपालिकामा सीमा प्रहरीचौकीको शिलान्यास कार्यक्रममा बोल्दै कार्कीले जनतालाई सुरक्षाको थप प्रत्याभुति गराउन प्रदेश प्रहरी कार्यालय सहित ५१ वटा प्रहरी भवन बनाउने गरि कार्य थालिएको बताए । मन्त्री कार्कीले झापा,मोरङ र सुनसरीमा भारतसंग १ सय ५० किलोमिटर खुला सिमाक्षेत्र रहेको जानकारी दिए  । कार्यक्रममा मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षालाई प्रदेश सरकारले पहिलो एजेण्डाको रुपमा राखेर कार्य गरिरहेको बताए ।

यस्तै प्रदेश एक प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन नागरिकसँग सहकार्य गर्दै सूचनाको जालो बनाएर शान्तिसुरक्षा कायम गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको बताए । यसअघि मन्त्री कार्कीले रतुवामाई नगरपालिका–२ डोरीयामा सीमा प्रहरी भवनको शिलान्यास गरेका थिए । सो ठाउँमा साढे ५ कट्ठा क्षेत्रफलमा प्रदेश सरकारको १ करोड ३९ लाख बढी बजेटमा साढे २ तल्ले आधुनिक भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्