
०९ भदौ २०७६, काठमाडौं
केही दिनअघि राजधानीको न्युरोडमा दिनदहाडै प्रदेश नं. ३ की सांसद भावना सुवेदीको झोला लुटी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही घर भई मैतिदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा गौशालामा लुकछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दका अनुसार थिङको समूहले साउन २६ गते दिउँसो साढे ३ बजे कामपा २४ इन्द्रचोकमा भीडभाडको मौका छोपी नगद ७३ हजार, परिचयपत्र, एटिएम कार्ड लगायत अन्य महत्वपूर्ण कागजातहरु रहेको झोला लुटेर लगेका थिए ।





