अभिनेता सुमन सिंहलाई मातृ शोक



०३ भदौ २०७६, काठमाडौँ

सुमन सिंह कुनै समयका चर्चित अभिनेता हुन् । उनले धेरै चलचित्रमा काम गरिसकेका छन् । सुमन सिंह लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । उनै अभिनेतालाई मातृशोक परेको छ ।

सुमन सिंहकी आमा बिन्दु सिंहको सोमबार बिहान निधन भएको छ । सुमन सिंहकी आमाको निधन ६९ बर्षको उमेरमा भएको हो । हिजो नै सुमनकी आमाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्