
०३ भदौ २०७६, काठमाडौँ
नाम नै ब्राण्ड बनिसकेको चलचित्र ए मेरो हजुर को चौथो सिरिजको घोषणा भएको छ । यतिबेला झरना थापा छोरी सुहानाका साथ चलचित्र ए मेरो हजुर ३ को विदेश प्रदर्शनमा छिन् । उनले भागवत गीता बनाउने सोच बनाउने भएकी थिइन् । तर पहिले ए मेरो हजुर ४ नै बन्ने भएको छ ।
ए मेरो हजुर ४ मा सुहाना दोहोरिदैँ छिन् । तर सुहानाको जोडीको रुपमा दर्शकले अनमोललाई भने देख्न नपाउने भएका छन् । अनमोलको ठाउँमा को अभिनेता हुनेछन्, त्यसको जानकारी भने निर्माता सुनिल कुमार थापाले दिएका छैनन् । चलचित्र ए मेरो हजुर ४ अर्को बर्षको दशैँमा प्रदर्शनमा आउने भएको छ । ए मेरो हजुर ४ को छायांकन मंसिरबाट सुरु हुने बताइएको छ ।





