
०२ भदौ २०७६, काठमाडौं
चर्चित गायक नेपाली सांगीतिक क्षेत्रको चम्किलो तारा प्रताप दासको जन्म दिन आज परेको छ । उनको जन्म सन १९९३ अगस्ट १९ तारिख अर्थात आजैको दिन ललितपुर जिल्लामा भएको थियो । सानैदेखि गायनमा असाध्यै रुचि राख्ने प्रतापले एक सफल गायक बन्न धेरै संघर्ष र दुस्ख गरेको कहानी निकै लामो छ ।
अहिले लेख्न चाहिन् कुनै दिन लेख्नेछु गायन प्रतियोगिता नेपाली ताराबाट केही दर्शक स्रोता माझँ चिनिएका उनी, नेपालकै पहिलो फ्रेन्चचाइज रियालिटी शो नेपाल आइडलले सर्वाधिक लोकप्रिय बनायो ।
नेपाल आइडल सुरु हुनु भन्दा अगाडि उनले गीत रेकर्डिङ गरिसकेका जुन गीत चर्चामा रह्यो जुन गीत चलचित्र प्रेम गीत २ मा समावेश “मोटरसाइकल बोलको थियो।”नेपाल आइडलको दोस्रो रनरअप बनेका उनको अहिले बजारमा दजर्नौ हिट गीतहरु सुन्न पाइन्छ । देश विदेशको कार्यक्रम र नयाँ गीत रेकर्डिङ मा व्यस्त उनी, केही दिन अगाडि मात्र अमेरिका बाट नेपाल फर्किएका छन् ।





