अभिनेत्री शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वाेच्चको अन्तरिम आदेश



०१ भदौ २०७६, काठमाडौं

जिल्ला अदालतको पक्राउ पुर्जी बदर गर्दै सर्वाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

केही दिनअघि बहुविवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्