
०१ भदौ २०७६, काठमाडौं/आर पोखरेल
बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’ को पहिलो भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको लेखन/निर्देशन निर्माण रहेको चलचित्रमा कला राइको प्रस्तुती रहेको छ । स्व. बिजु बज्रको अन्तिम संगीतमा नित्या शिवाको स्वर रहेको तिमीले बैमानी रिलिज गरिएको छ ।
सुशील डाँगी र नरेश ऐरको छायांकन, राजन महर्जनको नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरममा राजन महर्जन, बिमला गिरि, अन्जना श्रेष्ठ, सुदिप यादव, धनराज सुब्बा आदिको अभिनय रहेको छ ।
चलचित्र मङ्सिर १३ गतेदेखि अल नेपाल रिलिज हुदैछ ।





