
२७ साउन २०७६, काठमाडौँ
बेनिशा हमाललाई अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘घर’मा दर्शकले हेर्न पाईरहेका छन् ।
यो चलचित्रमा बेनिशाले दर्शकलाई तर्साई रहेकी छिन् । हलहरुमा चलिरहेको यो चलचित्रका बारेमा बेनिशा भन्छिन्–‘मलाई अफर आउँदा हरर चलचित्र हो भन्ने थाहा थिएन । राम्रो मेकरबाट चलचित्र अफर आएकोले मैले हुन्छ भनेको थिएँ । पछि हरर भन्ने थाहा पाएपछि झनै उत्साहित भएको थिएँ ।’
चलचित्रमा काम गर्दा बेनिशाले बिल्कुलै फरक अनुभव गरिन् । उनी भन्छिन्–‘टिम राम्रो भएकाले काम गर्न निकै सहज भयो । धेरै टेक्निकल कुराहरु पनि बुझ्ने मौका पाइयो ।’














