
२४ साउन २०७६, काठमाडौं
लामो समयदेखी अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत संगीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत ‘लेकैको काने’ सार्बजनिक गरेका छन् । डि.पी खनालको शब्द रचना रहेको ‘लेकैको काने’ का संगितकार मनोज थापा मगर हुन् भने देबेश राईले यस गीतमा संगीत संयोजन गरेका छन् ।
नेपालको चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र नेपाली हाँस्य टेली सिरियल ‘भद्रगोल’ की रक्षा श्रेष्ठको जोडदार अभिनय रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकन, बिकाश ज्ञवालीको सम्पादन तथा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ ।
नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जिवन र प्रेम कथालाई सुन्दर तथा हंस्यौली ढंगमा प्रस्तुत गरेको छ । आईत मोक्तानले निर्माण गरेको गीति भिडियोलाई ‘डश म्युजिक नेपाल’ मार्फत सार्वजनिक गरिएको हो ।





