आफ्नी प्रेमिकालाई खुसी देख्न चहानुहुन्छ भने हरेक प्रेमिले एक चोटी अवश्य पढ्नुहोस्



२४ श्रावण २०७६, काठमाडौं

माया दुई अक्षरले बनेको शब्दा हो।

जहाँ संसार अटेको हुन्छ।

नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समाप्त नै, मात्रा महशुष गर्न सकिन्छ।

प्रेम एउटा फुल हो जसलाई फुल्न दिनुपर्छ।

कतिपयः प्रेमिप्रेमिकाहरु आफ्नो प्रेमलाई फुल्न नपाउँदै झरेको पनि देखिन्छ।

भनिन्छ नि, प्रेम एउटा अन्तरआत्मा हो जसलाई वुझ्नुपर्छ।

प्रेम एउटा शक्ति हो, जसले अन्धो मानिसलाई पनि सुनौलो संसार देखाउँछ।

तपाई पनि प्रेममा हुनुहुन्छ?

हुनुहुन्छ भने आफ्नो प्रेमिकालाई सधैँ खुसी राख्ने केही उपायहरु दिदैछौँः

सम्मान गर्नुहोस्ः

तपाईकी प्रेमिका भनेको तपाईको आफ्नै सम्पत्ति भएकाले कहिल्यै हल्का रुपमा नलिनुहोस्।

एक–अर्काको विचार, नमिलेको खण्डमा आफ्नी प्रेमिकाको विचारलाई सम्मान गर्न गर्नुहोस्।

यदि तपाई आफ्नो प्रमिकालाई सधैँ खुसी राख्न चहानुहुन्छ भने सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ।

प्रशंसा गर्नुहोस्ः

तपाई आफ्नो प्रमिकाको सधैं प्रशंसा गर्नुहोस्।

किनभने, तपाईको प्रमिका तपाईको प्रशंसा सुन्न एकदमै आतुर हुन्छिन्।

तपाईको सानोे प्रशंसाले नै पनि उनलाई लामो समय खुसी दिनका साथै अनुहारमा सधैं मुस्कान देख्न सक्नुहुनेछ।

सहयोगी भावनाको हुनुहोस्ः

 

प्रमिकाको हरेक कार्यमा सहयोग गर्नुहोस्।

प्रेमिकाको होमवर्क देखि लिएर हरेक काममा सहयोगि बन्नुहोस्।

 आवश्यकता वुझ्नुहोस्ः

हरेक प्रेमिकाको इच्छा हुन्छ।

आफ्नो प्रमिले आफुलाई महत्वपूर्ण ठानि आफूसँग भएका बेला अरुतिर ध्यान नदिओस भन्ने हुन्छ।

त्यसैले, आफ्नो प्रेमिका लागि महत्वपूर्ण भएको आभास दिलाउनुहोस्।

उनलाई कहिल्यै अप्ठ्यारो परेको छ कि?

राम्रोसँग वुझ्नुहोस्।

 समय–समयमा भन्नुहोस् “तिमी मेरो संसार हौ”

भुलेर पनि आफ्नो प्रेमिकलाई अरु महिलासँग तुलना नगर्नूहोस्।

हसाउँनुहोस्ः

प्रमिकालाई खुशी राख्न हसाउँन सक्ने वाणीको विकास गर्नुहोस्।

समय–समयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस्।

समर्थन गर्नुहोस्ः

आफ्नी प्रमिकाको कुराप्रति सधैँ समर्थन जनाउनुहोस्।

किनभने, तपाईको प्रमिकाले तपाईको साथ पाएको कारणले नै केही कार्य गर्ने साहस बढेको हुन्छ।

त्यसैले आफ्नो प्रमिकाको चहाना वुझ्नुहोस्।

सरप्राइज दिनुहोस्ः

समय–समयमा केही अवसर नभए पनि उपहार दिने गर्नुहोस्।

जस्तैः खानेकुरा, लुगा, गरगहना

प्रेम व्यक्त गर्नुहोस्ः

प्रेम अनुभूत गर्ने कुरा भएकाले यद्यपी मानविय स्वभाव के हुन्छ भने, यस्ता कुरा खुलेर व्यक्त गर्नुहोस्।

खासगरी प्रेमको सवालमा यो कुराले अहंम भूमिका राख्छ ।

प्रेमिकालाई जन्मदिनमा तथा सफलतामा शुभकामना दिनुहोस्।

जसरी हुन्छ आफ्नो प्रेमिकालाई आफुले भरपुर माया दिएको आभाष दिलाउनुहोस्।

महत्व दिनुहोस्ः

अन्य सामान्य मानिसभन्दा पनि आफ्नी प्रमिकासँग खुलेर कुरा गर्नुहोस्।

आफ्ना बारेमा केही गोप्य कुरा छन् भने प्रेमिकासँग बाँड्नुहोस्।

जसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्नुका साथै सम्बन्ध झन् सुमधुर हुन्छ।

धैर्यसाथ सुनिदिनुहोस्ः

आफ्नी प्रमिकाको कुरा धैर्यसाथ सुनिदिनुहोस्।

प्रेमिकालाई खुशी राख्नका लागि कहिल्यै बाझाबाझ नगर्नूहोस्।

यसरी तपाईकी प्रेमिका कहिल्यै खुशी हुन सक्दिनन्।

उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँछ।

प्रतिक्रिया दिनुहोस्