
२१ साउन २०७६, काठमाडौँ
नेपाली मोडलिङ क्षेत्रमा कुनै समयको चर्चित नाम हो प्रकृति श्रेष्ठ । ‘को होला त्यो’, ‘हेलो हनीबनी’ जस्ता म्युजिक भिडियोमार्फत दर्शकमाझ चर्चा कमाएकी अभिनेत्री प्रकृति पछिल्लो ४ वर्सदेखि अस्ट्रेलिया बस्दै आएकी छन्।
चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् ।
उनले अस्ट्रेलिया बस्दै आएका सुदीप न्यौपानेसँग प्रेम विवाह गरेकी थिइन् । पछिल्लो समय मिडिया र म्युजिक भिडियोमा खासै नदेखिएकी प्रकृति सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा अस्ट्रेलियाको समुद्री तटमा रमाएका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् ।
उनका केही तस्बिरहरु











