लामो समयपछि एकसाथ देखिए आर्यन, नम्रता र दया



२१ साउन २०७६, काठमाडौँ

अभिनेता आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडीलाई दर्शकले सर्वाधिक रुचाउने गरेका छन् । तर चलचित्र लामो समयदेखि यी दुईले एकसाथ काम नगरेकाले धेरैले दुईको सम्बन्ध बिग्रिएको अनुमान लगाएका थिए ।

आर्यन र नम्रताले भने यो कुरालाई नर्कादै आएका थिए । यतिबेला यी दुवै आफ्नो रिलिज हुन लागेको चलचित्र हजार जुनीसम्म र जाइरा को प्रमोशनमा व्यस्त छन् । यसैबिच लामो समयपछि यी दुईको भेट भएको छ । उनीहरुसँग अभिनेता दयाहाङ राई पनि देखिएका थिए ।

स्मरण रहोस यी तिनैले चलचित्र मेरो एउटा साथी छ मा एकसाथ काम गरेका थिए । यी तिनको दोस्ती निकै लोभलाग्दो रहेको छ । लामो समयपछिको भेटमा तस्बिर समेत यी कलाकारले लिन भ्याए । नम्रताले उक्त तस्बिर आफ्नो इन्ष्टाग्राम अकाउण्टमा सेयर समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्