बहुप्रतिक्षित चलचित्र ‘मारुनी’ को ट्रेलर सार्वजनिक : देखियो साम्राज्ञीको अनौठो भूमिका



२१ साउन २०७६, काठमाडौँ

यसबर्षको बहुप्रतिक्षित चलचित्र मारुनी को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् भने चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

मारुनी को ट्रेलरमा क्रिकोणात्मक प्रेमकथा देख्न सकिन्छ । जहाँ साम्राज्ञीको भूमिका निकै गहन रहेको हामी बुझ्न सक्छौ । ट्रेलरमा साम्राज्ञीले पुष्पलाई पागल जसरी माया गरेको समेत हामीले देख्न सक्छौ ।

जे होस चलचित्रको ट्रेलर निकै राम्रो बनाइएको छ । यसअघि चलचित्रका २ गीतलाई दर्शकले निकै रुचाइसकेका छन् । चलचित्रलाई पनि दर्शकले मन पराउने कुरामा चलचित्र निर्माण टिम आशातित छ । चलचित्र मारुनी भदौ १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्