‘शेर शाह’ मा रोमान्स गर्दैछन् सिद्धार्थ र कियारा



२० साउन २०७६, काठमाडौँ

भारतीय कलाकार सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी एकसाथ फिल्ममा देखिने भएका छन् । ग्याङस्टार फिल्ममा यस अघि उनीहरुले एक साथ काम गरेका थिए । फिल्म ‘शेर शाह’मा उनीहरूले दोश्रो पटक एक साथ स्क्रिन सेयर गरेका छन् ।

पछिल्लो समय यो जोडीको प्रेम सम्बन्ध रहेको हल्ला चल्ने गरेको छ । तर अब भने यो जोडीलाई स्क्रिनमा पनि एक साथ देख्न पाइने भएको छ।

सिद्धार्थ अभिनीत फिल्म ‘जबरिया जोडी’ रिलिजको तयारीमा छ । उनले यसमा अभिनेत्री परिणिती चोपडासँग स्क्रिन सेयर गरेका छन् । कियाराले पनि भर्खरै मात्र ‘गुड न्युज’को सुटिङ सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्