कट्रिनाकी बहिनी बलिउडमा डेब्यु गर्दै (फोटो फिचर)



१९ साउन २०७६, काठमाडौँ

भारतीय अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ । इसाबेलले सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेकि हुन्।

ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै करन ललित बुटानीले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्दै बलिउडमा डेब्यु गर्न लागेकी हुन्। चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने भएको छ। चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ।

चलचित्रलाई सुनिल जैन, ओमप्रकाश भट्ट, आदित्य जोशी आलोक ठाकुर र सञ्जय शंकरवरले निर्माण गर्नेछन्। एक्सन ड्रामा फिल्म ‘क्वाथा’मा शर्माले प्रहरी अधिकारीको भूमिका निभाउने छन्।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्