मन्जु पौडेलकी छोरी स्नेहा फिल्ममा डेव्यु गर्दै (फोटो फिचर)



१८ साउन २०७६, काठमाडौँ

लोक दोहोरी गायिका मन्जु पौडेलकी एक मात्र छोरी स्नेहा पौडेलले प्रेमगित ३ चलचित्रको मुख्य नायिकाको भूमिकाको लागि अडिसन दिएकी थिईन तर छनोटमा भने पर्न सकिनन् ।

अहिले स्नेहाले एक वेबसिरिजबाट आफ्नो अभिनयको यात्र अगाडि बढाउदै छिन् । स्नेहा भन्छिन् “मैले प्रेमगित फिल्मको ब्राण्ड र मेरो मनपर्ने कलाकार प्रदिप खड्काले गर्दा अडिसन दिन गएकी हु । मलाई नायिका हुने रहर र प्रेमगित जस्तो ब्राण्डमा जोडिएर प्रदिप खड्कासंग काम गर्न पाउनु ठुलो ब्रेक हुन्थ्यो भनेर म अडिसन दिन गएकी हु । तर प्रेमगित ३ मा छनोट नहुदा मलाई दुख लागेको छैन । सायद म त्यो रोलको लागि सुहाउने थिईन होला त्यसैले निर्देशकहरुले अरुलाई रोज्नु भयो ।

स्नेहा लाई रेखा थापा मनपर्ने नायिका हो र रेखा थापा जस्तै नायिका बन्ने चाहना रहेको कुरा उनले खुलाएकी छिन् । रेखा थापाले जसरी नायकको साहारा नलिई एक्लै नै आफ्नो दममा फिल्म चलाउन सक्ने पावरबाट आफु प्रभावित भएको र आफु पनि त्यस्तै नायिका बन्ने कोशिस गर्ने कुरा उल्लेख गरिन ।

प्रतिक्रिया दिनुहोस्