गायक राजु पुरीको आवाजमा ‘ओई सानी’ सार्वजनिक



१७ साउन २०७६, काठमाडौं/आर पोखरेल

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक राजु पुरीको आवाजमा सजिएको आधुनिक ‘ओई सानी’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई गीतमा समेटिएको छ । राजु पुरीको शब्द तथा संगीत गीतमा रहेको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्