‘अहिले घाँटीभन्दा तल आयो, भोलि नाइटोभन्दा मुनि आउला’ : दीपकराज गिरी



१७ साउन २०७६, काठमाडौँ

केहीदिन अघिमात्र आर्जन पाण्डेको घाँटीभन्दा तल बोलको गीत सार्वजनिक भएको थियो । जसमा खुद गायक आर्जन पाण्डे र नायिका रीमा विश्वकर्मा फिचर्ड छन् । तर सार्वजनिक भएको केहीसमयमा नै उक्त गीतको चर्को आलोचना भैरहेको छ ।

यस्तै यो गीतबारे चर्चित कलाकार तथा निर्माता दिपकराज गिरीले आफ्नो आधिकारीक फेसबुकमा स्टाटस समेत लेख्न भ्याएका छन् । दिपकले लेखेका छन्, ‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनि मात्रै आयो । भोलि नाइटोभन्दा मुनि मात्रै आउला । त्यसपछि कम्मर । हैट ।’

स्तै, कलाकार निर्मल शर्मा लेख्छन्–‘बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ–‘घाँटीभन्दा तल त राम्री नै छे ।’ भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती, ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस् ।’

अन्य धेरै व्यक्तिले पनि यो गीतको विवाद गरिरहेका छन् । यसमा अहिलेसम्म रीमा र आर्जनले भने केही बोलेका छैनन् । तर रीमालाई पनि गालीको बर्षा भने भैरहेको छ । उनले जहिले पनि महिलाको पक्षमा बोल्ने गर्थिन् । यो गीतको भिडियोमा उनी देखिएकाले उनले पनि गाली खाएकी हुन् । यस्तै नायिका केकी अधिकारीले पनि यो गीत सेयर गरेपछि उनी पनि विवादमा परेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्