यसकारण युट्युबरलाई पत्रकार मान्दिनन् नायिका स्वस्तिमा खड्का



१३ साउन २०७६, काठमाडौँ

स्वस्तिमा खड्का पछिल्लो समयकी निकै व्यस्त नायिका हुन् । उनि पछिल्ला केहि वर्षदेखि कडा रुपमा प्रस्तुत हुन थालेकी छिन् । बेला–बेलामा उनले दिने अभिव्यक्तीले मिडिया तातेको हुन्छ । कहिले पत्रकार सम्मेलनमा ढिला पुग्ने, कहिले अन्तरवार्ता दिन्छु भनेर व्यस्त रहेको बताउने, जस्ता कुराले स्वस्तिमा पटक–पटक आलोचित हुने गरेकी छिन् ।

हालै एक मिडियालाई उनले निकै खरो रुपमा अभिव्यक्ती दिएकी छिन् । यो अभिव्यक्तीले फेरी मिडिया तताएको छ । उक्त अन्र्तवार्तामा उनले युट्युबरहरु पत्रकार होइनन् भनेकी छिन् ।

उनलाई सोधिएको पत्रकारिताप्रति तपाईंको धारणा के हो ? भन्ने प्रश्नमा उनले ‘पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरलाई गर्दिनँ । दुई वर्षदेखि उहाँहरूप्रति विश्वास छैन। युट्युबरहरू पत्रकार होइनन् । उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन्’ , भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्