कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरिने



१३ साउन २०७६, काठमाडौं

आज १२ को नतिजा सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको र रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले आज नतिजा प्रकाशन गर्न लागिएको हो। कक्षा १२ को परिक्षा गत वैशाखमा भएको थियो ।

जसमा देशभरबाट चार लाख परीक्षार्थी सहभागी भएका थिए । बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएपनि यो पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो।

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्