
१२ साउन २०७६, काठमाडौं/आर पोखरेल
सर्बाधिक लोकप्रिय गायक राजु परियार र गायिका राधा विसीको आवाजमा सजिएको नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको मौलिक तिज गीत “नाच मेरी माया” गीतको भिडियो बजारमा आएको छ ।
नविन विरही श्रेष्ठको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी मायालुसँग नाँच्न पाउदा गायक निकै खुशी भएका छन । महेश महराको छायाँकन, चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
“नाच मेरी माया” गीतको भिडियोमा कोरियोग्राफी महेश महराको रहेको छ । “नाच मेरी माया” गीतको भिडियोमा करिष्मा ढकाल र दिलिप राईको नृत्य रहेको छ ।





